३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


प्रधानमन्त्री देउवा संसदप्रति जवाफदेही नभएको सांसद अधिकारी आरोप


65
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाउनुभएको छ ।

पूर्वगृहमन्त्री समेत रहनु भएका सांसद अधिकारीले महिनाको २ पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भएपनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्ति समेत जनाउनुभयो । उहाँले सत्तापक्ष र सरकार संसदप्रति जवाफदेही नभएकाले महिलाहरुको समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल पनि ओझेलमा परेको दाबी गर्नुभयो ।

मंगलबार आगामी प्रदेशसभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद अधिकारीले आफ्नो पार्टी राज्यका हरेक निकायमा महिलाहरुको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउन निरन्तर लागि रहेको बताउनुभयो ।

सांसद अधिकारीले महिलाहरुसँग क्षमता भएकाले उनीहरुलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी बढाउने कुरामा आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि बताउनुभयो ।