१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर, आइसियू कक्षमा उपचार हुँदै


0
Shares

काठमाडौं । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर छ ।

अस्पताल प्रशासनले आज विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको आइसियू कक्षमा उपचार भइरहेको जनाएको छ ।

विज्ञप्तिमा बिरामीको सम्बन्धमा गलत भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्न अनुरोध गरिएको छ ।

एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या भएपछि यही जेठ १ गते अस्पताल आएका उनको आकस्मिक विभागमा कार्यरत मेडिकल अफिसरलगायत स्वास्थ्यकर्मीको टोलीले उपचार शुरु गरेको हो ।

थप उपचारका लागि चिकित्सकीय टोलीले कोरोनाको आशंकामा पिसिआर परीक्षण गर्न प्रदेश प्रयोगशालामा स्वाब पठाएकामा कोरोना संक्रमण देखिएको हो ।

मदानेको एक विद्यालयका प्रधानाध्यापक उनमा हिजो कोरोना संक्रमण पुष्टि भएको हो ।