१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


कोरोना संक्रमणबाट कर्णाली पनि अछुतो रहेन, दैलेखमा भेटिए पहिलो संक्रमित


0
Shares

कर्णाली । कर्णाली प्रदेशमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक हिजो कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लाको आठबीस नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

संक्रमित व्यक्ति लकडाउनको समयमा महेन्द्रनगर हुदै ३५ दिनअघि भारतको आग्रावाट आएका थिए ।

सुर्खेतको विरेन्द्रनगरमा गरिएको परीक्षणमा उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । क्वारेन्टाइनमा रहेका उनलाई दैलेख अस्पताल ल्याउने तयारी भइरहेको छ ।