Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


सरकार तल्लो तहका कर्मचारीको मनोबल घटाउन चाहन्छ : सांसद विक


1.6k
Shares

काठमाडौं । नेकपा (एमाले)की सांसद आशाकुमारी विकले नासु भन्दा तल्लो तहका कर्मचारीको मनोबल घटाउने गरी तलब वृद्धि गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद विकले शाखा अधिकृत भन्दामाथिको कर्मचारीको तलब २६ प्रतिशतसम्म वृद्धि गरेको तर नासु भन्दा तलका कर्मचारीको तलब १५ प्रतिशत मात्रै वृद्धि गरेर उनीहरूमाथि सरकारले अन्याय गरेको उहाँको दाबी थियो ।

उहाँले भन्नुभयो, ‘शाखा अधिकृतहरूभन्दा माथिको २४ देखि २६ प्रतिशत बढ्ने, नासुदेखि तलको कर्मचारीको तलब १५ प्रतिशत भन्ने विषयले नै स्पष्ट हुन्छ– सरकार ठूलोलाई खुसी पार्ने र सानाको मनोबल घटाउनेतर्फ उद्दत छ ।’