Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


स्याङ्जामा ३ जिल्ला जोड्ने तीनमुखे पुलकाे निर्माण कार्य सम्पन्न


4.3k
Shares

स्याङ्जा । स्याङ्जा, गुल्मी र पाल्पाकाे संगमस्थलमा तीनमुखे झोलुंगे पुलकाे निर्माण कार्य सम्पन्न भएको छ ।

तीन जिल्ला जोड्ने नेपालकै नमुना तीनमुखे पुल निर्माण कार्य सम्पन्न भएपछि तीन जिल्लाका नागरिकलाई आवतजावत गर्न सहज भएको हाे ।पुल निर्माण २०७१ मंसिर १५ देखि सुरु भएको थियो। बर्खाको समयमा कालीगण्डकी नदीमा आउने बाढी, आर्थिक अभाव र कोरोना महामारीका कारण पुल निर्माणमा लामो समय लागेको व्यवसायीले बताएका छन् ।

निर्माणको जिम्मा नयाँ बाटो रुविना मनाजेभी कम्पनीले पाएको थियो । पुल ९ करोड ८८ लाख लागतमा निर्माण सम्पन्न भएको हो । तीन जिल्लामा जानको लागि कालीगण्डकी नदीकोबीचमा ९ मिटर रनिङ गोलाई भएको स्तम्भ निर्माण गरिएको छ । पुलमा २५ मिटर उचाइको भ्युटावरकाेबीचमा निर्माण भएको स्तम्भबाट तीन जिल्लासम्म पुग्न तीनैतर्फ १ सय ७७ मिटर लामो झोलुंगे पुलको निर्माण भएको छ ।

साेही पुलले स्याङ्जाको कालीगण्डकी गाउँपालिका, गुल्मीको रुरुक्षेत्र गाउँपालिका रिडी र पाल्पाको तानसेन नगरपालिकालाई समेत जोडेको छ । पुल निर्माणको काम सम्पन्न भएपछि उक्त स्थानमा आन्तरिक पर्यटकको चहलपहल समेत बढेको छ ।नेपालका ४ धाममध्ये एक रुरुधाममा नमुना झोलुंगे पुल बनेपछि स्थानीय उत्साहित बनेका छन् ।