
काठमाडौं । सरकारले पछिल्लो समय आम्दानी धेरै हुने नयाँ श्रम गन्तव्यसँग धमाधम सम्झौता गर्दै नेपालबाट दक्ष जनशक्ति पठाउन थालेको छ ।
सरकारले यही वर्षभित्र जापान र इजरायलमा दक्ष श्रमिक पठाउने गरी योजना अघि बढाएपछि धेरै पारिश्रमिक पाउने श्रम गन्तव्यमा नेपाली युवाले रोजगारी पाउने भएका हुन् ।
१ वर्षयता सरकारले मासिक २ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने नयाँ रोजगार गन्तव्य जापान र इजरायलमा युवा पठाउने तयारी गरेकोमा इजरायलमा भने सुरू भइसकेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही दिनयता जापानमा पनि नेपाली पठाउने योजनासहित काम अघि बढाएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्