नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा


2.041k
Shares

काठमाडौं । नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा तानिएको छ । असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नायब सुब्बाहरूले धर्ना दिएपछि मन्त्रालय एकपटक फेरि विवादमा तानिएको हो ।

सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायब सुब्बाहरूले कर्मचारीको तलब समान ढंगले बढाउन माग गर्दै भर्ना दिएका छन् ।

आइतबार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारी आन्दोलनमा उत्रिएपछि आन्दोलित कर्मचारी र अर्थ मन्त्रालयका अधिकारीहरूबीच छलफल भएको थियो ।

आफ्ना माग पूरा नगरे भोलिबाट झनै सशक्त रूपमा आन्दोलनका कार्यक्रम गर्ने आन्दोलित जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा गोविन्दप्रसाद कोइरालाले बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।