Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


फिल्म ‘मासूम सवाल’विरुद्ध उजुरी दर्ता


520
Shares

एजेन्सी । फिल्म ‘मासूम सवाल’को पोस्टर विवादीत बनेपछि उक्त फिल्मविरुद्ध उजुरी दर्ता भएको छ ।

फिल्म ‘मासूम सवाल’ को निर्माताले जुलाई १७ मा फिल्मको पोस्टरहरू सार्वजनिक गरेका थिए ।

सार्वजनिक पोस्टरमा सेनेटरी प्याडमा भगवान कृष्णको तस्बिर राखिएको भन्दै विवाद सुरू भएको थियो ।

विवाद बढ्दै जाँदा फिल्म निर्माताविरुद्ध उजुरी दर्ता भएको छ । साथै फिल्मका निर्देशक सन्तोष उपाध्यायमाथि धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेको छ ।

हिन्दू राष्ट्र नवनिर्माण सेनाका अध्यक्ष अमित राठौरले निर्देशक सन्तोष र उनको टोलीविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

उनीहरूविरुद्ध आईपीसीको धारा २९५ अन्तर्गत उजुरी दर्ता गरिएको छ । फिल्म प्रदर्शन भइरहेको सिनेमा हल बाहिर सेनाले विरोध प्रदर्शन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

फिल्म महिनावारी र यससँग जोडिएको लाजको बारेमा छ । फिल्ममा नितांशी गोयल, एकावली खन्ना, शिशिर शर्मा, मधु सचदेवा, रोहित तिवारी, वृन्दा त्रिवेदी, रामजी बाली, शशि वर्मा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको कथा कमलेश के मिश्रले लेखेका हुन् । रञ्जना उपाध्यायले निर्माण गरेको उक्त फिल्म अगस्ट ५ मा हलमा रिलिज भएको थियो ।

पोस्टर विवादीत बनेपछि फिल्मका निर्देशक सन्तोष उपाध्यायले भनेका थिए, ‘कहिलेकाँही हामीले कुनैपनि कुरालाई हेर्ने तरिका गलत हुने भएकाले गलत धारणा निम्त्याउने गर्छ, पूरै फिल्म महिनावारीमा आधारित छ, त्यसैले प्याड देखाउनु अनिवार्य छ । त्यसैले पोस्टरमा प्याड छ, प्याडमा कृष्णजी होइन ।’