२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


तेह्रथुममा सञ्चालन भइरहेका योजनाको अनुगमनमा तीव्रता


1.911k
Shares

तेह्रथुम । जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख तथा उपप्रमुखले जिल्लामा सञ्चालन भइरहेका योजनाहरुको अनुगमनलाई तीव्रता दिएका छन् ।

स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा सञ्चालन भएका योजनाको अनुमगन बढाइएको हो । निर्वाचित भएको १५ दिनदेखि नै अनुगमन सुरु गरेको तेह्रथुमका प्रमुख गुमानसिंह इस्बोले जानकारी दिनुभयो ।

छथर गाउँपालिकामा निर्माणाधिन छथर अस्पताल र छथर खेलमैदानको अनुगमन गरेको उपप्रमुख श्री कार्कीले बताउनुभयो । यसअघि म्याङलुङ नगरपालिकामा सञ्चालन भएका योजनाहरु, मध्यपहाडी लोक मार्ग, आरआर गार्डेन, तीनजुरेमा निर्माण भइरहेको फुट ट्रयाक र पाथीभरा मन्दिरलगायतका योजनाहरु अनुगमन गरिएको समेत उहाँले बताउनुभयाे ।

जिल्लाका ६ वटा पालिकाको ४३ वटै वडाहरुमा सञ्चालन भइरहेका योजनाको अनुगमन गर्ने तयारी भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ ।