
उदयपुर, जेठ ५ । ३३ जना कोरोनाभाइरस संक्रमित भएको उदयपुरमा नमुना ‘थ्रोट स्वाब’ संकलन कार्य सुस्त रहेको छ ।
त्रियुगा नगरपालिका–३, भुल्केमा वैशाख ५ गतेयता ३२ जनामा संक्रमण ‘पोजिटिभ’ देखिएकोमा जेठ २ गते भुल्केबाहिर गाईघाटबजार क्षेत्रमा एक सञ्चारकर्मीमा पनि कोरोना पोजिटिभ देखिएको हो ।
थ्रोट स्वाब नमुना संकलनका लागि आवश्यक भीटीएम (पीसीआर परीक्षण किट) स्वास्थ्य कार्यालयमा उपलब्ध नहुँदा स्थानीय आक्रोशित बनेका छन् ।
जिल्लाका आठ स्थानीय तहमा बाहिरबाट आएर ‘क्वारेन्टाइन’मा बसेका र ‘होम’ क्वारेन्टाइनमा बसेकामध्ये अत्यन्तै न्यून व्यक्तिको पीसीआर र ‘आरडीटी’का लागि नमुना संकलन गरिएको छ ।
पछिल्लो समय कोरोनाभाइरस पोजिटिभ देखिएका सञ्चारकर्मीको ‘कन्ट्याक्ट ट्रेसिङ’ र तथ्यांक संकलन भइरहेकाले त्यसैका आधारमा भीटीएम माग गरी नमुना स्वाब संकलन र परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन लौकाजी राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्