२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


वडा सदस्य पाठकको निधन


0
Shares

चितवन, जेठ ५ । भरतपुुर महानगरपालिका–४ का वडा सदस्य प्रेम शर्मा पाठकको निधन भएको छ । पाठक लामो समयदेखि आन्द्राको समस्याबाट ग्रसित थिए ।

सन्ताउन्न वर्षीय पाठकको आज दिउँसो उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । उनी विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका–४ मा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

विसं २०२० पुस ७ गते भारतको मोतिहारीमा जन्मनुभएका पाठक नेपाली कांग्रेस भरतपुर महानगरपालिकाका पूर्व सचिव, नेपाल तरुणदल चितवनका पूर्व सचिव भई काम गरिसकेका छन् ।

नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले युवा नेताको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताए । उनको अन्त्यष्टि आजै देवघाटमा गरिने परिवारले जनाएको छ । उनका दुई छोरा र एक श्रीमती छन् । रासस