२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


युवकसितको भिडियो ‘भाइरल’ भएपछि पाकिस्तानमा दुई युवतीको हत्या


0
Shares

काठमाडौं, जेठ ५ । सामाजिक सञ्जालमा एउटा भिडियो ‘भाइरल’ भएपछि पाकिस्तानमा दुई युवतीको हत्या गरिएको छ ।

भिडियोमा एक युवकसँग ती युवतीहरु देखिएका थिए ।

पाकिस्तानको दक्षिण–पूर्वी बजिरिस्तानको एक गाउँमा रहेका दुई युवतीहरुको हत्या गरिएको हो ।

गत वर्ष खिचिएको उक्त भिडियो हालै सार्वजनिक भएपछि उनीहरुको हत्या गरिएको हो ।

हत्या अभियोगमा एक बुवा र अर्कीकी भाइलाई पक्राउ गरिएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई परिवारकै सदस्यले हत्या गरेको देखिएको त्यहाँको प्रहरीले जनाएको छ ।

भिडियोमा एक युवकसँग तीनजना युवती देखिएका थिए । भिडियो भाइरल  भएपछि समाजमा इज्जत गएको भन्दै हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो हत्याकान्डलाई पाकिस्तानमा ‘अर्नर किलिङ’को संज्ञा दिइएको छ ।

अर्नर किलिङमा समाजमा इज्जत फालेको भन्दै परिवारजनले नै हत्या गर्ने गरेका छन् ।

पाकिस्तानमा वर्षेनि अर्नर किलिङका कारण दर्जनौं महिलाहरुको ज्यान जाने गरेको छ ।

हत्या गरिएका युवतीहरुको उमेर १६ र १८ रहेको छ । (एजेन्सी)