
रसुवा । कोरोना भाइरस परीक्षण गर्ने आरडिटी विधिको किट अभाव भएको छ । किट पर्याप्त नभएका कारण रसुवामा कोरोना परीक्षणको काम रोकिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले विभिन्न स्वास्थ्य संस्थाको सहयोगमा जिबजिबे ग्रामीण अस्पताल र रसुवा अस्पतालमा कोरोना परीक्षण गरे पनि किट पर्याप्त नभएका कारण गाउँगाउँमा आरडिटी परीक्षण सञ्चालन गर्न नसकेको जनाएको छ ।
रसुवा प्रवेश गर्नेहरु, होम क्वारेन्टाइनमा बस्नेहरु तथा कामको शिलशिलामा खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सञ्चारकर्मीको परीक्षण गर्ने तयारी भएकोमा किट पर्याप्त नभएका कारण आरडिटी परीक्षण गर्न नसकेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयसँग आवश्यक कीटको माग गरे पनि आईनसकेकोले परीक्षण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्