
रौतहट । एकैघरका १३ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
एकै घरका १३ जनालाई क्वारेन्टाइनमा राखिएकोमा एक जना महिलामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको हो ।
भारतबाट मजदुरी गरेर घर फर्केका एक व्यक्ति रौतहटको माधवनारायण नगरपालिका–२ मा रहेको ससुराली घरमा आएपछि उनीसहित परिवारका १३ जनालाई गत वैशाख २६ गते क्वारेन्टाइनमा राखिएको थियो ।
सर्लाहीको बलरा नगरपालिका–७ हथिऔल निवासी पुरुष रौतहट आएपछि क्वारेन्टाइनमा राख्दा उनको रिर्पोट नेगेटिभ आएको छ ।
तर उनकी जेठी सासुलाई भने कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमण देखिएकी महिलाको १ वर्षको काखे छोरी र अर्को १० वर्षकी छोरीको रिर्पोट भने नेगेटिभ आएको स्वास्थ्य संयोजक प्रमोदकुमार साहले बताए ।
यस्तै ईशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेका ७ जनाको रिर्पोट पोजेटिभ आएको छ ।
उनीहरु भारतको डिल्ली, मुम्बई, कानपुर र हरियाणाबाट मजदुरी गरेर गएको वैशाख ३०, र ३१ गते रौतहट आइपुगेको जनाइएको छ ।
गत जेष्ठ २ गते उनीहरुको स्वाब निकालेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाइएकोमा रिर्पोट पोजेटिभ आएको हो ।
प्रतिक्रिया दिनुहोस्