
काठमाडौं । कालिमाटी तरकारी बजारमा गरिएको कोरोना भाइरसको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ ।
यही जेठ १ गते झण्डै ६ सय १ जनामा आरडीटी र पीसीआर परीक्षण गरिएकोमा दुई जनाको आरडिटी परीक्षण पोजेटिभ आएको थियो ।
परीक्षणका क्रममा एक जना भरिया र एक जना सवारी चालकको आरडीटी पोजेटिभ देखिएको थियो ।
उनीहरुलाई टेकु अस्पतालको आइसोलेशमा राखिएको थियो ।
काठमाडौं महानगरपालिकाले कालिमाटी तरकारी बजारमा काम गर्ने व्यापारी, भरिया, सवारी चालक, सरसफाई कर्मचारीहरु सबैको कोरोना परीक्षण गराएको थियो ।
परीक्षण गरिएका सबैमा टेस्ट नेगेटिभ आएपछि कालिमाटी तरकारी बजार पूर्ण रुपमा सञ्चालनमा आइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्