१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


कोरोनाबाट मृत्यु भएकी महिलाको परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ


0
Shares

काठमाडौं । कोरोनाले मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

मृतक महिलाका श्रीमान्, छोरा, आमा र बहिनीको नमुना संकलन गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

धुलिखेलमा रहेका उनीहरुलाई सिन्धुपाल्चोकको प्रशासनको समन्वयमा घरमा लगेर १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि फेरि पीसीआर गरिने तयारी छ ।

सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको कोरोनाका कारण बिहीबार मृत्यु भएको थियो ।

यता मृतक महिलाको घर, माइती र आसपासका क्षेत्रमा कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ ।

पछि उनको घर, माइती र आसपासका क्षेत्र सिल गरेर सम्भावित जोखिम क्षेत्रका व्यक्तिहरूबाट स्वाबको नमूना संकलन गरिएको छ ।