१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


गलकोटका एक सय ९ जनाकै रिपोर्ट नेगेटिभ


0
Shares

बाग्लुङ । बाग्लुङको गलकोटका एक सय ९ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबार र शनिबार स्वाब संकलन गरी पोखरा पठाइएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिए ।

केही दिनअघि गलकोटबाट पर्सा गएका १४ मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा आएका नागरिकको स्वाब संकलन गरी पोखरा पठाइएको थियोे ।