Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता


0
Shares

काठमाडौं । नेपाली मुलका युवा दिवेश पोखरेल (आर्थर गन) १८ औं अमेरिकन आइडलको उपबिजेता बन्दै दोस्रो स्थान हासिल गरेका छन् ।

सोमबार भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा दिवेश उपबिजेता बनेका हुन् । उनी उपाधिको दावेदारका मानिए पनि जस्ट साम अमेरिकन आइडल बन्न सफल भइन् ।

अन्तिम प्रस्तुतिमा पोख्रेलले ‘आई डन्ट वान्ट टु बी’ बोलको पहिलो गीत गाएका थिए । अमेरिकन आइडलको फाइनलमा पुग्ने दिवेश नै पहिलो नेपाली हुन् ।

अघिल्लो साता टप ७ भित्र परेका दिवेश पोखरेलसँगै जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट टप ७ मा पुगेका थिए ।

काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिका बस्दै आएका छन् । 

उपाधिकै दावेदार मानिएका २२ वर्षीय दिवेश काठमाडौंको रविभवनमा जन्मेर उच्च अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन् ।