२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


भारतमा लकडाउनको अवधि जेठ १८ गतेसम्म थप्ने निर्णय


0
Shares

काठमाडौं । भारतमा लकडाउनको अवधि जेठ १८ गते (मे ३१) सम्म थप्न निर्णय गरिएको छ ।

भारत सरकारले जेठ १८ सम्म देशभर लकडाउन कायम राख्ने निर्णय गरेको हो ।

केही राज्यहरुले लकडाउन खुकुलो गर्नुपर्ने प्रस्ताव गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञहरुको सल्लाह अनुसार देशैभर लकडाउन कायम राख्ने निर्णय गर्नुभएको जनाइएको छ ।

यसअघि सशर्त खौल्ने सुविधा दिइएका साना पसल तथा ब्यापारिक प्रतिष्ठानहरु बाहेक अन्य छुट दिइएको छैन ।

लामो दूरीका रेल, मेट्रो, आन्तरिक तथा बाह्य उडानहरुमा रोक यथावत राखिएको छ भने शैक्षिक संस्थाहरु पनि बन्द रहने छन् ।

भारतमा आइतबार रातीदेखि तेस्रो चरणको लकडाउनको अवधि समाप्त हुने भएपछि चौथो चरणको लकडाउन शुरु गरिएको हो ।(एजेन्सी)