
काठमाडौं, जेठ ४ । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि पशुपतिनाथ मन्दिर क्षेत्रमा किरियापुत्री भवन र विद्युतीय शवदाह गृह बन्द गरिएको छ ।
कोरोनाबाट पहिलो संक्रमित सिन्धुपाल्चोककी महिलाको शनिबार राति विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गरिएपछि मेसिनलाई पूर्ण स्यानिटाइज गर्ने क्रममा प्राविधिक समस्या आएकाले बन्द गर्नुपरेको जनाइएको छ ।
पशुपति क्षेत्र विकास कोषका कार्यंकारी निर्देशक डा. घनश्याम खतिवडाले कोरोना संक्रमितको अन्त्येष्टिपछि विद्युतीय शवदाह गृहलाई पूर्ण स्यानिटाइज गर्नेक्रममा केही प्राविधिक समस्या आएकाले बन्द गरएको जानकारी दिए । मर्मतपछि एक/दुई दिनमै गृह सञ्चालन ल्याइने उनले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
किरियापुत्री भवन पनि अहिले बसिरहेकालाई बाहेक तत्कालका लागि बन्द गरिएको छ । किरियापुत्री भवनका सबै कोठा केही समय खाली राखेर भाइरसरहित बनाउनु पर्ने भएकाले केही दिन नयाँ किरियापुत्रीलाई बस्न रोकिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्