१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ९५ पुग्यो


0
Shares

काठमाडौं, जेठ ४ । नेपालमा थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २९५ पुगेको छ ।

प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको हो । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विराटनगरका २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

यसैगरी धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् । 

नेपालमा कोरोनाकै कारण दुई जनाको मृत्यु भएको छ । शनिबार सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु भएको थियो भने आइतबार बाँकेका २५ वर्षीय युवकको मृत्यु भएको छ ।

संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किएका छन् ।