Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


कोरोना अस्पताल सञ्चालन हुन सकेन


0
Shares

बारा, जेठ ४ । बाराको पथैलैयामा निर्माण गर्ने भनिएको कोरोना उपचार अस्पतालको निर्माण सुरु हुन सकेको छैन ।

बारा, पर्सा र रौतहटका कोरोना संक्रमितिलाई उपचार गर्न प्रदेश २ सरकारले बनाउने घोषणा गरेको दुई साता वित्दा पनि अस्पताल निर्माण कार्य शुरु नै हुन नसकेको हो ।

प्रदेश सरकारले ५ सय सैयाको क्वारेन्टाईन र ५० सैयाको आईसुलेसन अस्पताल पथलैयामा बनाउने निर्णय गरेको थियो ।

भारतसँगको खुला सीमा र वैदेशिक रोजगारमा जानेहरुको सङ्ख्या प्रदेश २ बाटै बढी रहेकोले प्रदेश २ उच्च जोखिममा रहेको छ ।

पर्सा स्थित नारायणी उप क्षेत्रीय अस्पतालले कोरोनाको बिमारीको चाप धान्न नसकेपछि अन्य ठाँउमा पठाउन थालिएको छ ।