१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


धुलिखेल अस्पताल आसपास संक्रमणको त्रास, लकडाउन थप कडा


0
Shares

बनेपा । शनिबार काभ्रेको धुलिखेल अस्पतालमा कोरोनाको कारणले सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भएपछि अस्पताल छेउछाउमा पनि संक्रमणको त्रास बढेको छ ।

स्थानीयहरुले अस्पताल छेउछाउमा पनि परीक्षणको दायरा बढाउनु पर्ने माग गरेका छन् ।

महिलाको मृत्युपछि २४ घण्टाका लागि सिल गरिएको धुलिखेल अस्पताको ईमजेन्सी वार्ड सञ्चालनमा ल्याईएको धुलिखेल अस्पतालका डाक्टर सुमन ताम्राकारले जानकारी गराए ।

यता, मृत्युपछि संक्रमितको मृत्युका कारणले जिल्लाका १३ वटा स्थानीयतहहरुमा थप कडाई गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जानकारी दिए।