
काठमाडौं । फोहोरको सहज व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले साउन १ गते देखि कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गर्ने सार्वजनिक सूचना जारी गरिसकेको छ ।
तर फोहोरमा मिसिएको ‘राजनीति’ नअलग्गिएकाले व्यवस्थापन झनै जटिल बन्दै गएको छ ।
जेठ अन्तिम साता गरिएको सहमति कार्यान्वयनमा उदासीनता देखिएको भन्दै भदौ १ देखि फोहोर फाल्न नदिने बन्चरेडाँडा ल्याण्डफिल्ड साइट सरोकार समितिको निर्णयसँगै फोहोर व्यवस्थापनमा फेरि कालो बादल देखा परेको हो ।
काठमाडौंमा पत्रकार सममेलन गर्दै बन्चरेडाँडा ल्याण्डफिल्ड साइट सरोकार समितिले भदौ १ देखि सधैंका लागि उपत्यकाको फोहोर त्यहाँ फाल्न नदिने घोषणा गरेसँगै यसमा फेरि राजनीति मिसिएको महसुस गरिएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्