२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


कर्णाली प्रदेशलाई पूर्वसांसद शाहको एक करोड बढीको स्वास्थ्य सामग्री सहयोग


0
Shares

काठमाडौं, जेठ ४ । जाजरकोटका पूर्वसांसदले राजिवविक्रम शाहीले कर्णाली प्रदेशका अस्पतालहरुलाई एक करोड बढीको स्वास्थ्य सामग्री दिने घोषणा गरेका छन् ।

पूर्वसांसद राजीव विक्रम शाहले कोरोनाका सम्भावित बिरामी र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको उपचार गर्न भेन्टिलेटरसहित एक करोड बढीको स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रादेशिक अस्पताल सुर्खेतलाई सहयोग गर्न लागेको जानकारी दिए । प्रदेश अस्पताल सुर्खेतलाई एउटा भेन्टिलेटर र झण्डै सत्तरी लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री तथा अरु जिल्लाका अस्पताललाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिने उनले बताए ।

आफूले दिने सामानले कोरोनाविरुद्ध लड्न केही मात्रामा भए पनि सरकारलाई सहयोग पुग्ने शाहको विश्वास छ ।

कुमारी ट्रष्टका अध्यक्षसमेत रहेका शाहले अहिले एउटा भेन्टिलेटरसहित ५ वटा आईसीयु बेड सुर्खेतस्थित प्रदेश अस्पतालमा तयार पारिरहेको जनाएका छन् । ती बेड स्वर्गीय प्रभाकरशमशेर राणाकी छोरी मायाले ट्रष्टको समन्वयमा कोरोना भइरसविरुद्ध लड्न कर्णालीलाई सहयोग गरेकी हुन् ।

पूर्वसांसद शाहकै पहलमा जाजरकोटको छेडागाड नगरपालिका ५ बडावनमा ६ करोड लगानीमा २५ शैयाको सुविधा सम्पन्न सामुदायिक अस्पताल भवन निर्माण गरिएको छ । जिल्लामा आपतपर्दा उनले थुप्रैं पटक हेलिकोप्टर उद्धार लगायतका काम पनि गर्दै आएका छन् ।