२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


चीनमा कोरोनाको संक्रमण पुन: देखापर्न थाल्यो


0
Shares

काठमाडौं, जेठ ४ । चीनमा कोरोनाभाइरसबाट थप १७ जना संक्रमित भएका छन् ।

संक्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि वुहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।

कोरोना भाइरसको उद्गमस्थल समेत मानिने वुहानमा केही समय संक्रमण रोकिएको बताइए पनि अहिले फेरि दिनप्रतिदिन संक्रमित हुनेको संख्या थपिदै गएको छ ।

अधिकारीहरुले अहिलेसम्म वुहानका मात्रै झण्डै एक करोड दश लाख मानिसमा कोरोनाभाइरसको संक्रमण भए नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको जनाएका छन् ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप पाँच जना सङ्क्रमित भेटिएको जनाएको छ ।

उनीहरुमध्ये तीन जनालाई स्थानीय सङ्क्रमण भएको आयोगले उल्लेख गरेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन शहरमा यसै हप्तादेखि लकडाउन गरिएको छ ।

कुल सङ्क्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरु ७८ हजार २२७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

चीनमा गत डिसेम्बरको अन्तिम साता पहिलो पटक कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो । (एजेन्सी)