
काठमाडौं, जेठ ४ । इजरायलका लागि चिनियाँ राजदूत डु वेई तेल अभिभ नजिकै आफ्नै निवासमा मृत फेला परेका छन् ।
५८ वर्षीय डु आफ्नै खाटमा मृत भेटिएको बताइए पनि उनको मृत्युको कारणबारे खुलाइएको छैन ।
उनी गत फेब्रुअरीमात्र इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए । इजरायल जानुअघि उनी युक्रेनका लागि चिनियाँ राजदूत थिए ।
इजरायली सञ्चारमाध्यमहरुका अनुसार राजदूत वेईको शरीरमा कुनै चोटपटक लागेको छैन ।
राजदूत डुको मृत्यु हृदयघातबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । शुक्रबार तेल अभिभस्थित चिनियाँ दूतावासले अमेरिकी विदेश मन्त्री माइक पोम्पियोको आरोपको खण्डन गरेको थियो ।
वेई इजरायलका लागि राजदूतमा नियुक्त भएसँगै फेब्रुअरीको दोस्रो साता तेल अभिभ आएर १४ दिन क्वारेन्टाइन बसेका थिए ।
मार्चको अन्तिमतिर उनले ओहदाको प्रमाणपत्र इजरायली राट्रपतिसमक्ष बुझाएका थिए ।
कोरोना महामारीका कारण उनले राष्ट्रपतिसँग प्रत्यक्ष भेटघाट नगरी ओहोदाको प्रमाण पत्र बुझाएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्