
काठमाडौं । शेयर बजारमा भारी गिरावट आएको छ ।
शुक्रबार २ घण्टा भएको कारोबारमा बजार मापन गर्ने सूचक ३४.८५ अंकले घटेर परिसूचक ३४.८५ अंकले घटेर परिसूचक २११३ दशमलव ३० बिन्दुमा रोकिएको छ ।
२१३ कम्पनीको ६४ लाख १४ हजार ६२९ कित्ता सेयर २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४७ रुपैयाँको शेयर किनबेच भएको छ । बजारमा गिरावट आउँदा अधिकांश समूहको उपसूकमा गिरावट आएको छ ।
बैंकिङ समूहको उपसूचक २२ दशमलव ६७, विकास बैंक ८६ दशमलव ७१, वित्त कम्पनी ६५ दशमलव २९, हाइड्रोपावर ३९ दशमलव ६०, जीवन बीमा ११९ दशमलव ९९, उत्पादन तथा प्रशोधन ६७ दशमलव ८४, माइक्रोफाइनान्स ११६ दशमलव १७, निर्जीबन बीमा समूहको उपसूचक ९५ दशमलव ३२ बिन्दुमा रोकिएको छ ।
शुक्रबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने मैलुङ खोला जलविद्युत कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, यूनाइटेड इदी मार्दी आरबी आइड्रोपावर, सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अगाडि रहेको छ । कम्पनीको १५ करोड ६६ लाख २९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र हिमालयन डिस्ट्रिलरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्