२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


रोजगारीका लागि इजरायल जाने ६९८ युवाको प्रवेशाज्ञा जारी


572
Shares

काठमाडौं । आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारीमा जान हालसम्म ६९८ नेपाली युवाको प्रवेशाज्ञा (भिसा) पाएका छन् ।

लामो समय रोकिएपछि पुन: सुचारु भएको प्रक्रियामा सहजिकरण भएपछि प्रवेशाज्ञा पाउनेको संख्या बढ्दै गएको हो ।

भिसा प्राप्त गरेकामध्ये ४६७ भने इजरायल प्रवेश गरिसकेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले सबै प्रक्रिया पूरा भएपछि जाने क्रम सुरु भएको बताए । हाल इजरायल जाने प्रक्रियामा रहेका ८३४ मध्ये दोस्रो चरणमा ४०० जनाको भिसा आइसकेको छ । पहिलो चरणसहित भिसा प्राप्त गर्नेको संख्या भने ६९८ पुगेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।