दशैँअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


दशैँअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी


52
Shares

काठमाडौं । सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ ।

दशैँ, तिहार, छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पिठोजस्ता अत्यावश्यकीय वस्तुको अभाब नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न लागिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालका लागि भने लागू नहुने जनाउँदै आएको छ । तर, व्यवसायीले पहिले जसरी आयात गर्न नपाएको गुनासो गर्दै आएका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।