Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


कम्युनिस्ट एकीकरण ‘च्याप्टर क्लोज’


650
Shares

काठमाडौं । आगामी निर्वाचनअघि नै कम्युनिस्ट पार्टीबीच एकीकरण गृहकार्य भए पनि अहिलेलाई ‘च्याप्टर क्लोज’ भएको छ । यद्यपि, कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल गृहकार्य भने जारी छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबीच एकीकरणसहित अघि बढ्ने विषयमा शीर्षनेता पटकपटक सामूहिक तथा ‘वान टु वान’ छलफलमा जुटेका थिए ।

नेकपा एमालेबाहेकका कम्युनिस्ट पार्टीबीच एकीकरण विषयमा छलफल भए पनि निर्वाचनअघि ‘यो सम्भव नभएको’ नेताहरू बताउँछन् ।

यद्यपि, जसपासहितका पार्टीसँग मिलेर वाम गठबन्धन बनाउनेबारे छलफल जारी नै छ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, सो पार्टीका सम्मानित नेता झलनाथ खनाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, अभियान संयोजक वामदेव गौतमसहितका शीर्षनेताले पार्टी एकीकरण अभियान थालेका थिए । उनीहरू तत्कालीन नेकपा सचिवालयमा थिए । नौ सदस्यीय सचिवालयमध्ये पाँच नेताले पटकपटक एकीकरण प्रयाससमेत गरे ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।