१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


सगरमाथा अञ्चल अस्पतालमा डायलायसिस सेवा सुरु


0
Shares

शिवहरि भट्टराई (इमेज)

राजविराज, भदौ १ । सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डायलायसिस सेवा सुरु भएको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शुक्रबार एक कार्यक्रमकाबीच डायलायसिस सेवाको शुभारम्भ गरे ।

कार्यक्रममा मन्त्री यादवले स्थापनाकालदेखि नै जनशक्ति अभाव रहेको अञ्चल अस्पतालमा एक साताभित्रै चिकित्सक पठाउने तयारी भइरहेको बताए ।

अस्पतालाई सुविधासम्पन्न बनाउन ७६ करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण आगामी महिनाबाट थालिने उनले जानकारी दिए ।

अस्पतालमा १९ चिकित्सकको दरबन्दी रहेकामा हाल तीनजनामात्र कार्यरत् छन् ।

विभिन्न पद गरी १०१ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकामा हाल ४१ जनामात्र उपलब्ध रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. चुमनलाल दासले बताए ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश नम्बर–२ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेशसभा सदस्य मनीषकुमार सुमनलगायतले सबै मिलेर अस्पतालको विकासमा लाग्नुपर्नेमा जोड दिए ।