Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा अनिवार्य गर्न बारको माग


208
Shares

काठमाडौं । नेपाल बार एशोसिएसनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा अनिवार्य गर्न माग गरेको छ ।

नेपाल बारले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अंग्रेजी भाषामा लेखिँदै आएको नम्बर प्लेट संविधानविरुद्ध भएको भन्दै नेपाली भाषा प्रयोग गर्न माग गरको छ ।

बारले जारी गरेको विज्ञप्तिमा नेपाली नागरिकले प्रयोग गर्दै आएको भाषा संरक्षण, सम्बद्र्धन गर्न यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषामा हुनुपर्ने अनिवार्य व्यवस्था गर्न नेपाल सरकारलगायत सम्बन्धित निकायसँग माग गरेको छ ।

यस्तै, संविधानलेनै नेपालमा बोलिने सबै भाषाहरु राष्ट्र भाषा भएको र सरकारी कामकाजको भाषा नेपाली भाषा हुने व्यवस्था गरेकाले सो व्यवस्थाको उल्लंघन गर्दै सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयाोग गरिएकोमा बारको आपत्ति छ ।