
बाग्लुङ । कोेरोना भाइरसको संकटका बेला बागलुङमा डेंगुको संक्रमण देखिएको छ ।
छिमेकी जिल्ला म्याग्दीमा डेंगु संक्रमण बढिरहेको बेला बागलुङमा पनि एक जनलाई डेंगु देखिएको हो ।
धौलागिरि अस्पताल बागलुङमा परीक्षणका क्रममा जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीका २३ वर्षीया युवतीमा डेंगुको संक्रमण देखिएको धौलागिरि अस्पतालका मेडिकल सुररिटेण्डेन्ट शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।
युवतीलाई ज्वरो आएपछि वैशाख २९ गते धौलागिरि अस्पताल बागलुङमा भर्ना गरिएको थियो ।
लामखुट्टेबाट सर्ने डेंगु रोगको लक्षण देखिएपछि परीक्षण गर्दा डेंगु संक्रमण पुिष्ट भएको जनाइएको छ ।
युवतीको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । गत वर्ष बागलुङमा १० जनालाई डेंगुको संक्रमण देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्