२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


कपिलबस्तुमा थप तीन जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो


0
Shares

काठमाडौं ।  नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या २७६ पुगेको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा कपिलबस्तुमा थप तीन जनालाई संक्रमण पुष्टि भएको हो ।

उनीहरुको अवस्था भने सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षण अनुसार कपिलवस्तु, शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको हो।