२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


उदयपुरका एक संचारकर्मीमा कोरोना पोजेटिभ देखियो


0
Shares

उदयपुर । उदयपुरमा एक २५ वर्षीय संचारकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

योसहित उदयपुरमा कोरोना भाइरस संक्रमितको संख्या ३३ पुगेको छ ।

वैशाख ३१ गते जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले २६ सञ्चारकर्मीसहित ६० जनाको पीसीआर परीक्षणका लागि नमूना थ्रोट स्वाव संकलन गरेको हो ।

शुक्रबार वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना प्रयोगशालाले एक जनामा कोरोना पोजेटिभ पुष्टि गरेको हो ।

उनलाई शनिबार कोसी अञ्चल अस्पतालको विशेष उपचार केन्द लगिने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।