
काठमाडौं, जेठ २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल र अत्यावश्यक समस्या नभएका व्यक्तिहरुलाई उपचारका लागि अस्पताल नजान आग्रह गरेको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाभाइरसको संक्रमण दर बढ्दै गएका कारण जटिलखालका समस्या भएमात्रै अस्पताल जान सुझाव दिए ।
मन्त्रालयले शुक्रबारदेखि अडियो प्रश्नोत्तर सुविधासमेत सुरु गरेको छ ।
त्यसक्रममा डा. देवकोटाले कोसी अस्पतालमा उपचारमा रहेका उदयपुरका २५ वर्षीय पुरुष कोरोनामुक्त भइ शुक्रबार ‘डिस्चार्ज’ भएको जानकारी दिए ।
देशभर २३ हजार ९१४ जनामा ‘पीसीआर’ विधिबाट परीक्षण भएको छ भने ‘आरडीटी’बाट ६३ हजार ७५ जनाको परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।
हाल देशभर हाल २६७ जना ‘आइसोलेसन’कक्षमा रहेका छन् । १५ हजार ६८३ जना ‘क्वारेन्टाइन’मा रहेका जनाइएको छ ।
भिडियो हेर्नोस्
प्रतिक्रिया दिनुहोस्