Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


संक्रमणको उच्च जोखिम बढेसँगै ‘कोरोना बीमा’ गर्ने बढे


0
Shares

जुम्ला । स्थानीय तहका जनप्रतिनिधिले कोरोना बीमा गर्न थालेका छन् ।

स्थानीय जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले संक्रमणको खतरा हुने जनाउँदै कोरोना बीमा गरेको चन्दननाथ नगपालिकाका प्रमुख कान्तिका सेजुवालले बताइन् ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा र नगर प्रमुख सेजुवाल एक एक लाखको कोरोना बीमा गरिएको छ ।

क्वारेन्टाइन अनुगमन गर्ने, हेल्थ डेस्कसँग समन्वय गर्ने र प्रत्यक्ष जनतासँग जोडिने भएकाले जनप्रतिनिधिको बीमा अत्यावश्यक रहेको समन्वय उपप्रमख बुढाले बताए ।

जिल्लामा तीन सयभन्दा बढीले कोरोना बीमा गरेका छन् । कर्णालीका सबै जिल्लामा कोरोना बीमा शुरु भइसकेको छ ।