Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


कोरोना संक्रमित बालिकाको सम्पर्कमा आएका ९६ जनाकै कोरोना रिपोर्ट नेगेटिभ


0
Shares

कैलाली । बर्दियामा कोरोना संक्रमित ११ वर्षिया बालिकाको सम्पर्कमा आएका ९६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

उनीहरु सबै कैलालीको गोदावरी नगरपालिका–८ मजगाउँका हुन । मजगाउँबाटै थप ३८ जनाको समेत थ्रोट स्वाबको नमुना संकलन गरिएकोमा परीक्षण बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

मजगाउँबाट दुई दिनमा एक सय ३४ जनाको नमुना संकलन गरिएको थियो ।

बर्दियाको राजापुर नगरपालिका–५ घर भएकी वालिकामा सोमवार कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको थ्रोट स्वाब संकलन गरिएको थियो ।

ती बालिका गोदावरी नगरपालिकामा एक महिना भन्दा लामो समय र भजनी नगरपालिकामा ५, ६ दिन बसेर बर्दिया फर्किएकी थिईन् ।