
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले १५ दिनमै १ करोड बढीको राजस्व संकलन गरेको छ ।
भन्सार गस्ती टोलीले अवैध रुपमा नेपाल भित्रिने मालसमान धमाधम नियन्त्रण गर्न थालेपछि भन्सार कार्यालयले दुई साता मै १ करोड बढीको राजस्व संकलन गरेको हो । गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन भएपछि सो भन्सार कार्यालयले अवैध आयात रोक्न गस्ती टोली परिचालन गरेको हो ।
भन्सारको राजस्व गस्ती टोलीले आइतबार बिहान गोरूसिङ्गे बजारबाट चन्द्रौटातर्फ आउँदै गरेको लु १ ख ७७७० नम्बरको डिसिएम ट्रकमा भन्सार नतिरेको २३ लाख बढी मूल्यको सारी, सुट र कुर्ता लगायतका कपड़ा बरामद गरेको थियो । पछिल्लो १५ दिनमा अवैध रूपमा नेपाल भित्र्याइएका ८१ पाडापाडी र २ सय १५ खसीबोका समेत नियन्त्रणमा लिइएको पनि कृष्णनगर भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्