Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


जेठ ५ पछि ‘क्वारेन्टाइन’मा रहेकालाई परीक्षण गरी घर पठाइने : स्वास्थ्यमन्त्री


0
Shares

काठमाडौं, जेठ १ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जेठ ५ गतेपछि ‘क्वारेन्टाइन’मा रहेका व्यक्तिहरुलाई घर पठाइने बताएका छन् ।

१४ दिन ‘क्वारेन्टाइन’मा बसेकाहरुको हकमा ‘आरडीटी’ र अन्यको हकमा ‘पीसीआर’ परीक्षण गरी ‘रिपोर्ट नेगेटिभ’ आए घर पठाइने उनले बताए ।

प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बिहीबार मन्त्री ढकालले क्वारेन्टाइनमा रहेका व्यक्तिहरु १४ दिन पुगेकाहरुको हकमा आरडीटी र नपुगेकाहरुको हकमा पीसीआर वा अस्पतालको जिम्मा लगाउने तयारी गरिएको जानकारी दिए ।

मन्त्री ढकालले उपत्यकामा जनसंख्याको अनुपातमा परीक्षण न्यून रहेकाले बढाउने तयारी सरकारले गरेकोसमेत बताए ।

सरकारले उच्च जोखिममा रहेका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताएका छन् ।