Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


लकडाउन उल्लघंन गर्ने ७५ जना पक्राउ


0
Shares

इनरुवा, जेष्ठ १ । जिल्ला प्रहरी कार्यालय सुनसरीले लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि गरिएको लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

नियन्त्रणमा लिइएकालाई सामाजिक दूरी,  कोरोनाबाट बच्ने उपायलगायत विषयमा प्रशिक्षण दिएर छाडिएको प्रहरीले जनाएको छ । रासस