Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


कर्णाली सरकारद्वारा बाँझो जमिनमा खेती कार्यक्रम सुरुआत, मुख्यमन्त्रीले जोते जमिन


0
Shares

सुर्खेत, जेठ १ । कोरोना संक्रमणका कारण उत्पन्न खाद्य सुरक्षाको जोखिम कम गर्न कर्णाली प्रदेश सरकारले बाँझो जमिनमा खेती कार्यक्रम सुरु गरेको छ ।

हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनका रुपमा मनाउँदै आएको प्रदेश सरकारले सोही अवसरमा बाँझो रहेका जमिनलाई जोतेर खेती गर्ने कार्यक्रमलाई अगाडि बढाएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।

बिहीबार सुर्खेतमा ट्याक्टरमा चढी आफैंले बाँझो जमिन जोतेर अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा सडक संरचना पुगेपछिमात्रै खाद्यान्नमा परनिर्भर भएको र कर्णालीलाई पुरानै अवस्थामा फर्काउन सबै युवाहरुको साथ प्रदेश सरकारले खोजिरहेको बताए ।

बिहीबारैबाट प्रदेश सरकारले १० ओटै जिल्लामा बाँझो रहेका जमिनलाई जोतेर खेती गर्ने कार्यक्रमलाई अगाडि बढाउने उनले बताए ।

चालू आर्थिक वर्षका लागि विनियोजन गरेकोमध्ये करिब १५ करोड रुपैयाँ रकम खर्च हुने अवस्था नभएकाले स्थानीय तहमार्फत् खर्च गर्नेगरी बाँझो जमिन जोत्ने र आफैं खेती गरिरहेका कृषकलाई खेतबारी सुधारका लागि अनुदान दिने तयारी भइरहेको छ ।