ओखलढुंगामा पर्माकल्चर विधिबाट तरकारी उत्पादन « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


ओखलढुंगामा पर्माकल्चर विधिबाट तरकारी उत्पादन


156
Shares

ओखलढुंगा । ओखलढुंगाको निशंखेमा पहिलो पटक पर्माकल्चर विधिबाट तरकारी उत्पादन गरिएको छ ।

सुख्खा ग्रस्त क्षेत्रका किसानलाई अभिप्रेरित गर्ने उद्देश्यले स्वयंसेवी अभियान नेपालले यो विधिबाट तरकारी उत्पादन गरेको हो । रासायनिक मल र विषादिका कारण बिग्रिएको जमिनको उर्वराशक्ति बढाउन पर्माकल्चर विधि उपयोगी मानिन्छ । यस विधिमा जमिनमुनी १४ इञ्चसम्म पत्कर, स्याउला, जैविक मल र माटोको तहतह बनाएर खेती लगाउने गरिन्छ ।

यस विधिबाट निशंखेमा आलु, फूलगोभी, साग र प्याजलगायतका तरकारी उत्पादन गरिएको छ । एकपटक पर्माकल्चर विधिबाट खेती गरेपछि पटकपटक मलजल तथा खनजोत गर्नु नपर्ने, अर्गानिक उत्पादन हुने र उत्पादन बढ्ने भएपछि यो विधितिर किसानलाई प्रेरित गरिएको स्वयंसेवी अभियान नेपालका अध्यक्ष भुपेन्द्रकुमार घिमिरेले बताउनुभयो ।

संस्थाले अहिलेसम्म पर्माकल्चर विधिका विषयमा सुख्खा ग्रस्त क्षेत्रका २ सय भन्दा बढी किसानलाई तालिम समेत दिइसकेको छ ।