१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको आज अन्त्येष्टि


0
Shares

नयाँदिल्ली, भदौ १ । दिवंगत भारतीय पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको आज अन्त्येष्टि गरिने भएको छ ।

साँझ पाँच बजे अन्त्येष्टि गरिनुपूर्व अन्तिम श्रद्धान्जलीका लागि बाजपेयीको शव नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको मुख्यालय बिजयघाटमा राखिने छ । 

लामो समयदेखि अस्वस्थ रहेका बाजपेयीको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा ९३ बर्षको उमेरमा हिजो निधन भएको हो । गत जुनमा मिर्गौलामा संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । 

बाजपेयीको निधनमा सात दिनसम्म औपचारिक कार्यक्रम नगरी शोक मनाइने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भारत सरकारले गरेको छ ।

यसैबीच भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उप राष्ट्रपति बैन्काय नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताले वाजपेयीको निधनप्रति शोक व्यक्त गरेका छन् । उनीहरुले आफ्नो शोक सन्देशमा संसारले एक ‘शालीन नेता’ गुमाएको उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक ब्यक्त गर्दै भारतको इतिहासमा एक युगको अन्त्य भएको प्रतिक्रिया दिएका छन् ।

निधन लगत्तै सम्बोधन गदैै प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनले आफू निशब्द, शून्य महशूस भएको बताउँदै बाजपेयीले आफनो प्रत्येक पल राष्ट्रको लागि समर्पित गरेको उल्लेख गरे । (एजेन्सी)