 
	    काठमाडौंं । बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ५–३ ले हराउँदै बायर्नले उपाधि जितेको हो ।
बायर्नलाई च्याम्पियन बनाउन जमल मुसियाला, साडियो माने, बेन्जामिन पाभार्ड, सेर्जी जिनाब्री र लोरी सानेले एक एक गोल गरे । लाइपजिगका मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफर एनकुकू र ड्यानियल ओल्मोले गोल फर्काए ।
खेलको १४ औं मिनेटमा जमलले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाए । ३१ औं मिनेटमा मानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ४५ औं मिनेटमा बेन्जामिनले गोल गर्दै टिमलाई ३–० ले अघि बढाए ।
५९ औं मिनेटमा मार्सेलले गोल गर्दै लाइपजिगलाई ३–१ को स्थितिमा ल्याए । ६५ औं मिनेटमा सेर्जीले गोल गर्दै बायर्नलाई ४–१ को अग्रता दिलाए । ७७ औं मिनेटमा लाइपजिगका क्रिस्टोफरले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए ।यसैगरी, ८९ औं मिनेटमा ओल्मोले गोल गर्दै लाइपजिगलाई ४–३ को स्थितिमा ल्याए ।
तर, खेलको इन्जुरी समयमा सानेले गोल गर्दै बायर्नलाई ५-३ को जित दिलाए ।
नयाँ सिजनमा बायर्नको यो पहिलो उपाधि हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्