जारी युद्धको क्रममा १ सय बढी रुसी सैनिककाे मृत्यु भएकाे युक्रेनकाे दावी « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


जारी युद्धको क्रममा १ सय बढी रुसी सैनिककाे मृत्यु भएकाे युक्रेनकाे दावी


1.105k
Shares

काठमाडौं । युक्रेनी सेनाले देशको दक्षिणी भेगमा जारी युद्धको क्रममा १ सय भन्दा बढी रुसी सैनिककाे मृत्यु भएकाे दावी गरेको छ ।

खर्सोन क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा फर्काउन युक्रेनले गरेको कारबाहीमा रुसी सेनातर्फ ठूला हताहती भएको उसको दावी छ । पश्चिमी राष्ट्रहरुले दिएको लामो दूरीको क्षेप्याष्त्र प्रणालीको सहायतामा रुसी सेनाको ७ वटा ट्यांकहरु ध्वस्त पारेको युक्रेनले जनाएको छ ।

यसैगरि रुसी सेनाको लागि हातहतियार, औषधिउपचार, खाद्यान्न, इन्धन तथा अन्य अत्यावश्यक वस्तुहरुको आयात गर्ने रणनीतिक महत्वको केही पुल तथा रेलवे पनि युक्रेनले ध्वस्त पारेको छ । यसअिघ रुसको रक्षा मन्त्रालयले रुस समर्थित पृथकतावादीहरूको नियन्त्रणमा रहेको पूर्वी युक्रेनको दोनेत्स्कस्थित एउटा कारगारमा युक्रेनी सेनाले गरेको रकेट आक्रमणमा ४० जना युक्रेनी युद्धबन्दीकाे मृत्यु भएकाे दावी गरेको थियो ।