
फाइल तस्बिर
काठमाडौं । फुटपाथमा सानो व्यवसाय राखेर जीवन गुजारा चलाइरहेका साना व्यवसायीलाई फुटपाथबाट लखेटेको काठमाडौं महानगरले त्यही बाटोमा खुलेआम पार्किङ गर्न दिएर कमाउन दिइरहेको छ ।
राजधानीका सडक साँघुरो भएपछि बढाइएको महानगर क्षेत्रका अधिकांश ठूला सडक पार्किङ स्थलमा परिणत भएका छन् ।
मेयर बालेन्द्र साहले नयाँ बानेश्वर क्षेत्रमा पुगेर फुटपाथमा पसल राख्न प्रतिबन्ध लगाए पनि सँगै रहेको बाटोमा पार्किङ धन्दा रोक्न सक्नुभएको छैन् ।
महानगरले स्मार्ट पार्किङको नाममा ठेक्कामा दिएर लाखौं रुपैयाँ कमाइरहेको छ । स्मार्ट पार्किङ शुल्कको नाममा प्रतिघण्टाको हिसाबले ठूलो रकम संकलन गरिरहेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्