नेपालमा बाघको दोब्बर हुँदा हलिउड कलाकार लियोनार्दो खुसी « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


नेपालमा बाघको दोब्बर हुँदा हलिउड कलाकार लियोनार्दो खुसी


13
Shares

काठमाडौं । हलिउड अभिनेता लियोनार्दो डिक्याप्रिओले नेपालमा बाघको संख्या दोब्बर भएकामा खुशी व्यक्त गर्नुभएको छ ।

शनिबार फेसबुकमा स्टाटस लेख्दै लियोनार्दोले नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता पूरा गरेको भन्दै यसलाई अनुकरणीय काम भन्नुभएको हो ।

हालै सार्वजनिक नेपालको बाघ गणनामा ३५५ वटा बाघ रहेको पुष्टि भएको छ । सन् २०१० मा १२१ वटा रहेको बाघ १२ वर्षमा बढेर ३५५ पुगेको हो ।

अभिनेता लियोनार्दोले यसलाई अविश्वसनीय उपलब्धि भन्नुभएको छ । उहाँले बाघ बढेसँगै मानव बन्यजन्तुबीच द्वन्द्व हुन सक्ने भन्दै सुरक्षित सहअस्तित्वका लागि ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

नेपालले बाघ बढेसँगै उत्पन्न चुनौती सम्बोधन गर्न प्रधानमन्त्री मानव–वन्यजन्य उद्धार तथा राहत कोष सुरु गरेकोमा पनि अभिनेता लियोनार्दोले खुशी व्यक्त गर्नुभयो ।