
बर्दिया । राजापुरका ३९ जनाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
राजापुर ५ स्थित किसान माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी ११ वर्षीय बालिकामा संक्रमण देखिएपछि मंगलबार उनको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरी पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
भेरी अस्पतालमा पीसीआर प्रविधिवाट गरिएको परीक्षणबाट हिजो ३९ जनाकै नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले जानकारी दिए ।
११ वर्षीय बालिकामा कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा रहेका व्यक्तिहरुको परक्षिण गर्दा सँगै क्वारेन्टाइनमा बसेकी बालिकाकी हजुरआमा लगायत सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
यसैबीच बालिकाका आफन्तले बालिकाको थ्रोट स्वाबको नमूना फरक परेको हुनसक्ने भन्दै तत्कालै पुनः परीक्षण गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्